मौनता र आवाज

“किन कोहि आउँछ र अनायास वा भनौँ विनाकारण  गईहाल्छ?” – मौनता’ले सोध्यो।

 

“जानेहरु पूर्ण रुपमा आएकै हुँदैनन्” – आवाज’ले भन्यो।

 

“पूर्ण रुपमा आउनु भन्नुको अर्थ के हुन्छ?आईसकेपछि त त्यो आफैँमा पूर्णता हैन र?” -मौनता’ले सोध्यो।

 

“हैन! आउँदा जो आफ्ना स्वार्थ बोकेर आउछन् ति जान्छन्।

जसले आफ्नो आगमनको महत्व बुझाउन सक्दैनन् ति जान्छन् ।

ति पूर्ण रुपमा कहिलै आएका हुँदैनन् ।तसर्थ जानेहरुमा ध्यान केन्द्रित नगर,बरु को आयो त्यो हेर।

तिम्रा लागि आएकाहरुलाई तिम्रै कारणले जान बाध्य नगराउ।रोक्न नसक्नु पनि कमजोरी हो।त्यो कमजोरी हटाउ।तिमीबाट त्यो कमजोरी नष्ट भएपश्चात तिमीलाई जाने हरुको हिसाब राख्नु जरुरि हुँदैन।” – आवाज’ले भन्यो।

भलाकुसारी

                                १.

“ के मौन बस्नु मेरो कमजोरी हो?”-मौनता’ले सोध्यो।

“मौन बस्नु आफैँमा कमजोरी हैन,तर तिम्रो मौनताको घनत्वले निर्धारण गर्दछ,कि तिम्रो मौनता कति फलदायक छ”-आवाज’ले भन्यो।

“त्यसोभए परिणाम ननिस्किए,मौन रहनुको अर्थ छैन?”-मौनता’ले सोध्यो।

“कदापी छैन,किनकि मौन बस्नु कमजोरी हुँदै हैन”-आवाज’ले भन्यो।

 

                                    २.

मौनता’ले सोध्यो- “दुख के हो?”

आवाज’ले भन्यो- “सुखको खोजि नै दुख हो!”

 

                                    ३.

“मलाई किन कसैले बुझ्दैन,किन कोहि बुझ्न चाहदैन?”- मौनता’ले सोध्यो।

“तिमीलाई बुझिदिए हुन्थ्यो जस्तो लाग्नेहरुको पनि यहि सवाल थियो!” – अवाज’ले भन्यो।